सरकारप्रतिको आशा निराशामा परिणत हुँदा वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढ्योः उपाध्यक्ष बडाल

सरकारप्रतिको आशा निराशामा परिणत हुँदा वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढ्योः उपाध्यक्ष बडाल

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष रमेश बडालले सरकारप्रतिको आशा निराशामा परिणत हुँदा वैदेशिक रोजगारमा जानेहरु बढेको बताएका छन् । आज काठमाडौंमा महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तथ्यांक हेर्दा जुन सालमा सरकारप्रति आशा जागेको हुन्छ, त्यो बेला वैदेशिक रोजगारमा जाने प्रवृत्ति घटेको देखिएको र सरकारप्रतिको आशा निराशामा परिणत भएका बेला बेला बढ्ने गरेको बताए ।

उनले भने, ‘यो सत्यलाई तत्कालीन समयको सरकारलाई सरकारमा को को थियो भन्ने आधारमा विश्लेषण गरेमा देख्न सक्नुहुन्छ । हामीले निकालेको निष्कर्ष यो हो ।’उनले अहिले ७७ मुलुकका २० हजारभन्दा बढी श्रमिकहहरु श्रम स्वीकृति लिएर नेपालमा कार्यरत रहेका भन्दै नेपाल आयात गर्ने मुलुकमात्र नभएर श्रम निर्यातक पनि हुँदै गएको बताए । यसो हुँदा युवाशक्ति बाहिरिने क्रममा बाहिरका श्रमिकहरुले त्यो ठाउँपूर्ति गर्ने स्थिति सिर्जना भइरहेको उनको भनाइ छ । 

उनले भने, ‘अहिले ७७ मुलुकका २० हजारभन्दा बढी श्रमिककहरु श्रम स्वीकृति लिएर नेपालमा कार्यरत छन् । श्रम निर्यातक मुलुकबाट युवाशक्ति बाहिरिने क्रममा बाहिरका श्रमिकहरुले त्यो ठाउँ पूर्ति गर्ने स्थिति सिर्जना भइरहेको देखिन्छ ।’