ऐतिहासिक हातहतियारको संरक्षण गर्न सरकारले विशेष ध्यानदिनु पर्छः शङ्कर पोखरेल

ऐतिहासिक हातहतियारको संरक्षण गर्न सरकारले विशेष ध्यानदिनु पर्छः शङ्कर पोखरेल


काठमाडौं, ६ बैशाख ।  नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले  ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन् । आज दाङको तुलसीपुर–१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा जथाभावीरुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्य नष्ट  भएको बताएका छन् । “यहाँ रहेका ऐतिहासिक हातहतियारको संरक्षण गर्न सरकारले विशेष ध्यानदिनुपर्छ”, महासचिव पोखरेलले भने । 

आफू मुख्यमन्त्री भएको समयमा ऐतिहासिक स्थलको संरक्षण गर्ने कार्यक्रम ल्याएको उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रलाई यथेष्टरुपमा समेटिनुपर्नेमा महासचिव पोखरेलले जोड दिएका छन् ।