बस्तीमा महानगरको डोजर चल्ने हल्ला सुनिएपछि सुकुम्बासीहरु उत्रिए विरोधमा
1.
काठमाण्डौ महानगरपालिकाले गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने खबर पाउन साथ सुकुम्बासीहरु नारा जुलुस गर्दै विरोधमा उत्रिएका छन्। शुक्रबार उनीहरुले बाटो टायर बाल्दै महानगरको डोजर चलाउन नदिने भन्दै विरोधमा उत्रिएका हुन्।
अहिले उनीहरु महानगरको डोजर आए प्रतिकार गर्ने अडानमा लिएका छन्।
महानगरले भने अनाधिकृत संरचनालाई भत्केर छोड्ने रणनीति बनाएको छ। यसअघि पनि महानगरले सुकुम्बासी बस्तीको अनाधिकृत संरचना भत्काउन जाँदा झडप भएको थियो। अहिले यता गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा झडप हुने देखिन्छ।
थर्ड पोल 