बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको उद्धार

बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको उद्धार

काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका ३ मित्रचोकमा ५० फिट गहिरो इनारमा खसेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।  सिन्धुपाल्चोक तातोपानी घर भई हाल बूढानीलकण्ठ–३ मित्रचोकमा डेरा गरी बस्ने ४५ वर्षाीया पेमा शेर्पाको सकुशल उद्धार गरिएको हो।

घरबाट हराएको मौखिक सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी निरीक्षक नेतृत्वको टोलीले खोजतलास गर्ने क्रममा उनी इनारभित्र अचेत अवस्थामा देखिएकी थिइन्। पछि प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाको टोली उद्धारका लागि पुगेको थियो। 

उद्धारपछि शेर्पालाई उपचारका लागि बूढानीलकण्ठकै करुणा अस्पतालमा पठाइएको छ। उनी अहिले बोल्नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ