सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट, १ जनाको मृत्यु, चार घाइते

सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट, १ जनाको मृत्यु, चार घाइते

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले जनाकारी दिए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।