विशाल जनमतलाई संगठनमा ढाल्ने रास्वपा महाधिवेशन
तिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाइ जितेर मुलुकको नेतृत्व सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम महाधिवेशनमा जुटेको छ ।
पार्टी स्थापनाको चौथो वार्षिकोत्सव पारेर ७ असारदेखि चितवनमा उद्घाटन हुने महाधिवेशनले नीति र नेतृत्व चयन गर्ने कार्यसूची छ ।
गत ३० वैशाखको निर्णय बमोजिम वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्म आइपुग्दा रास्वपाले सिंगो पार्टी संरचनालाई अनुमोदित गर्नेछ ।
यसरी वडादेखि केन्द्रसम्म पार्टी संरचना तयार पार्दा मूल नेतृत्व भने चलाइने छैन । सभापतिमा रवि लामिछानेलाई अनुमोदन गर्नेगरी केन्द्रीय नेतृत्व तयार पार्ने गृहकार्य भइरहेको छ ।
शीर्ष नेताहरू बालेन्द्र शाह, डीपी अर्याल र डा.स्वर्णिम वाग्ले राजकीय भूमिकामा रहेकाले पनि सभापतिबारे छलफल नहुने निश्चित जस्तै छ ।
‘रवि लामिछानेको नेतृत्वमा पार्टीले सफलता हासिल गरिरहेको छ भने उहाँको भूमिकाबारे छलफल गर्नुपर्ने जरुरी हुँदैन,’ संघीय नेतृत्व मञ्चका नेता डा. तारा जोशी भन्छन्, ‘मूल नेतृत्वलाई छोडेर बाँकी भूमिका र नीतिमाथि महाधिवेशनले छलफल गर्छ ।’
केन्द्रीय सदस्य आशुतोष प्रधान पनि रविकै नेतृत्वमा रास्वपालाई देशभर व्यवस्थित गर्ने काम यो महाधिवेशनबाट हुने बताउँछन् ।
‘परिवर्तनको सन्देश दिन विभिन्न पृष्ठभूमिका व्यक्तिहरु रास्वपामा आवद्ध हुनु भयो,’ उनी भन्छन्, ‘अब महाधिवेशनले रास्वपालाई भावनात्मक र संगठनात्मक रुपले देशभर जोड्नेछ ।’
थर्ड पोल 