चुनावमा कांग्रेस कम्युनिष्टको बाकस खाली गरिदिनुस् : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन्। शुक्रबार पार्टीले खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै लिङदेनले चुनावमा कांग्रेस, एमाले र माओवादीको बाकस खालि गरिदिन आह्वान गरेका थिए । ती दलहरूलाई ‘साँढे’ को संज्ञा दिँदै उनले तिनीहरूबाट दूधको आशा नराख्न सुझाव दिए ।
लिङदेनले भने, ‘साढेको टाङमुनि बाल्टी थापेर के दूधको आशा गर्नु ? जति सिर्कना हाने पनि, जति सुमसुम्याए पनि, जति दाना हाले पनि आउँदैन । किनकि साँढेको धर्म नै दूध दिने होइन । यी पार्टीहरू पनि यस्तै बाँझे भइसके ।’
एक वा दुई कार्यकालमा काम देखाउन नसकेकाले तेस्रोमा पनि नसक्ने उनको दाबी छ । नयाँ सोचका साथ देशलाई अगाडि लैजानका लागि राप्रपालाई भोट दिन लिङदेनले आग्रह गरे ।
