बेलायती पुतली बाजेको स्वास्थ्य गम्भीर बन्दै

1.

नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्ने व्यक्ति कोलिन फिलिप स्मिथ। पुतलीको खोजीमा ५० वर्ष बिताए। कोलिन फिलिप स्मिथ एक बेलायती नेपाली पुतली विशेषज्ञ हुन्। नेपालका पुतलीका धेरै पुस्तकका लेखे। पुतली खोजीमा उनले मुलुकका ४० भन्दा बढी जिल्लाहरू घुमे । पुतली संग्राहलयको लागि २५ हजारभन्दा बढी पुतली संकलन गरिदिए।

पुतली खोजीमै आफ्नो जीवन बिताएका स्मिथलाई नेपालमा “पुतली बाजे” भनेर चिनिन्छ। अहिले उनि ८६ वर्षीय बृद्ध भइसकेका छन्। उमेरको ढल्किँदो समयमा उनको स्वास्थ्य निरन्तर बिग्रिदै छ। २ वर्षयता बिरामी छन्  उनि। अहिले पोखराको हरियोखर्क अस्पताल उनि उपचारत छन्।

चार महिनादेखि स्वास्थ्य खराब बन्दै गएको उनका सहयोगी मीनबहादुर परियारले बताए। उनले भने, ‘चार महिनायता झन् गाह्रो हुन थालेको छ । मुत्र नलीमा पाइप राखेर पिसाब संकलन गर्नुपर्छ । उहाँ अब सधैंलाई ओछ्यानमै बस्नुपर्ने बाध्यता छ।’

पुतली बाजेको तत्कालिन समय
स्मिथले आफ्नो करियरको सुरुवातमा बाबुराम भट्टराई र उपेन्द्र देवकोटा जस्ता लोकप्रिय नेपाली व्यक्तित्वहरूलाई पढाए। उनले नेपालमा पुतलीकोबारे अध्ययन र लेखनमा ५० वर्षभन्दा बढी समय बिताएका छन्। उनले नेपालका पुतलीका धेरै पुस्तकका लेखेका छन्। उनले सन् १९६६ मा युनाइटेड मिशन टु नेपाल कार्यक्रमअन्तर्गत शिक्षकका रूपमा नेपाल आएका थिए । स्मिथले आफ्नो करियरको सुरुवातमा बाबुराम भट्टराई र उपेन्द्र देवकोटा जस्ता लोकप्रिय नेपाली व्यक्तित्वहरूलाई पढाएका थिए।

स्मिथको काका अङ्कल बब पुतली संग्रह गर्दै हिड्थे । स्मिथ सानै हुदा उनको काकाको पुतलीको संग्रह भएको दराज देखेका थिए । रङ्गि बिरङ्गी पुतली देखेर उनि निकै खुशी भएका थिए । १३ वर्षको हुदा स्काउटबाट जंगल घुम्न जादा जंगलमा धेरै पुतली देखे पछि उनको पुतलीसंग प्रेम बस्यो र पहिलो पटक काकालाई भनेर पुतली जम्मा गरे ।

यस पछि पढाइले गर्दा उनको आफ्नो सौख पुरा गर्न पाएनन् । पोखरामा रहदा उनको भेट पिस कर भोलेन्टियर डोरोथी मिरोसंग भएको थियो । डोरोथी म्यूजियम बनाउने धुनमा थिए, दुइ जनाको कुरा मिल्यो, स्मिथले डोरोथीको म्यूजियममा पुतली संग्रह गरि राखिदिने । यसरी उनले पोखरामा भेटिएका केही पुतली संग्रह गर्न थाले । यसपछि कलिन सर गोरखा पुगे, फेरी काठमाडौ स्वयम्भूमा रहेको आनन्दकुटीमा पुगे ।

यहा रहदा स्मिथको सौखको चर्चा शायद त्रिभुवन विश्वबिद्यालयमा पुगेको थियो होला । त्यसैले जूलोजीका प्रोफेसर डि. आर. उप्रेतीले एक दिन आफ्नो अफिस किर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक बिज्ञान संग्रहालयको लागी किट बिज्ञान संग्रहालय बनाउन आग्रह गरे । यसपछि त उनि पढाउन छोडेर त्रिभुवन बिश्व बिद्यालयसंग ६ वर्षे सम्झौता गरि नेपालको गाँउ गाँउ घुम्दै पुतली जम्मा गर्न थाले । यो एउटा चुनौतीपूर्ण काम थियो तर वहाको रहर पनि थियो ।

उनले ४० जिल्लाको भ्रमण पछि करिव २५ हजार पुतली संग्रह गरे । यसलाई छुट्ट्याए, हरेकलाइ नामाकरण गरे । नेपालमा पाइने ६ सय ६० प्रजातीका पुतली मध्य उनले करिव ५ सय ५० प्रजाती भेट्टाए । यसरी उहाले आफुले पाएको ६ वर्षको समयमा पुतली संकलनका साथ त्यसलाई सुरक्षित गराइ प्राकृतिक बिज्ञान संग्रहालयलाई हस्तान्तरण गरे ।

उनको उपलब्धि र अन्तर्राष्ट्रिय ख्यातिको लागि २०१९ मा नेपाल सरकारले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो। उनी नेपालको मानार्थ नागरिकता पाउने सर एडमन्ड हिलारी र टोनी हेगनपछि तेस्रो व्यक्ति हुन् ।