पहिचानका मुद्दाको नेतृत्व एमालेले गरेको हो : सुवास नेम्वाङ

पहिचानका मुद्दाको नेतृत्व एमालेले गरेको हो : सुवास नेम्वाङ

काठमाडौं, २५ साउन । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले समावेशी तथा पहिचानको पक्षमा भएका आन्दोलनको नेतृत्व नेकपा एमालेले गरेको दाबी गरेका छन् । आज लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले केन्द्रीय कमिटीले, च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालले विभिन्न भाषा, धर्म, जाती र समुदायको हितमा व्यवहारमै देखिने गरी काम गरेको र त्यसको कसैसँग तुलना हुन नसक्ने दाबी गरे ।

उनले भने ‘ढुक्क सँग,छाती फुकाएर,शिर ठाडो पारेर हामीले भने हुन्छ समावेशिताको पहिचानको यी सम्पूर्ण आन्दोलन अभियानको नेतृत्व एमालेले गर्छ, गरेको छ । यसमा कुनै पनि तुलाना हुन सक्दैन्,। ’भिन्न भिन्न जाती,भाषा,धर्म,समुदायका जनताको हितमा एमालेले दृढतापूर्वक उभिएको भन्दै उनले पहिचान र समावेशीताको पक्षमा सर्तबन्दी नगर्ने तर्क गरे ।

उनले भने ‘नेकपा एमाले सर्तबन्दी गर्दैैन,यो देशका विविध भाषा,धर्म,जाती समुदायका जनताको हितमा नेकपा एमाले जहिले सुकै दृढतापूर्वक उभिएको छ । आउने दिनहरुमा पनि दृढतापूर्वक उभिन्छ । यसले आफ्नो व्यवहारबाट काम कारवाहीबाट यो कुरा स्थापति गरेको छ ।’ त्यस्तै उनले नेकपा एमालेकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रदेखि धर्म निरपेक्षता र समावेशीता सहितको संविधान निर्माण गरिएको र पार्टीले पनि सबैलाई एकताबद्ध बनाएर लगेको जिकिर गरे ।