कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता

सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् । काठमाडौंको राष्ट्रियसभा गृहमा पुगेर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

उनको उम्मेदवारी दर्ता र्‍यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुगेकी छिन् । सिर्जनाका श्रीमान प्रकाशमान र छोरा प्रभासमान सिंह पनि उम्मेदवारी दर्ता कार्यक्रमको र्‍यालीमा सहभागी छन् ।