मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले : सुदन किराती
काठमाडौ, १४ जेष्ठ । आफूले घुस नखाँदा र नखुवाउँदा विरोधीहरू सलबलाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री किरातीले पशुपति विकास कोषको जग्गा अपचलन भएको भन्दै विभिन्न टीकाटिप्पणी भएपछि त्यसलाई लक्षित गर्दै आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।
पर्यटन मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्– मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन...'
थर्ड पोल 