नेपाल पौडी संघको उपाध्यक्षमा गंगालाल सिंगार निर्विरोध निर्वाचित
काठमाडौं। नेपाल पौडी संघको ५औँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठको प्यानल विजयी भएको छ । शनिबार भएको अधिवेशबाट पौडीले नयाँ कार्यसमिति पाएको हो । यो सँगै पौडीमा अशोकरत्न बज्राचार्यको कार्यसमितिको ४२ वर्षदेखिको विरासत तोडिएको छ ।
नयाँ कार्यसमितिमा अध्यक्षमा श्रेष्ठ निर्विरोध हुँदा वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, तीन उपाध्यक्षमा गंगालाल सिंगार,जुनाकुमारी कठायत र चित्रराज भट्ट निर्वाचित भएका हुन् । महासचिवमा ईश्वर कार्की, सचिवमा क्रमशः रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलीप वैद्य, सहकोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ रहे ।
सदस्यता दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, उमेश प्रधान, डम्बरबहादुर तामाङ, भरत तामाङ, बिष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रूपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरीष गुरुङ रहेका छन् ।
थर्ड पोल 