कोरोना अपडेट: आज थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि 

1.

पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणबाट थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार जम्मा २ हजार ४ सय ५० जनामा गरिएको नमुना परिक्षणमा १०८ जना नयाँ संक्रमित थपिएका हुन्।

पिसिआरबाट ५५ र एन्तिजेन विधिबाट ५३  जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यस्तै आज संक्रमित मध्ये ६६ जना कोरोना संक्रमण मुक्त भएका छन्। साथै अहिले सक्रिय संक्रमितको संख्या ३६३ रहेको छ।