अन्नपुर्ण हिमालमा बेपत्ता भएका एक भारतीय नागरिकको जिवितै भेटीए
1.
अन्नपुर्ण हिमाल आरोहणको क्रममा बेपत्ता बेपत्ता भएका एक भारतीय नगारिकको जिवितै उद्धार गरिएको छ। गत सोमबार अन्नपूर्ण हिमालको आरोहन गर्ने क्रममा बेपत्ता भएका ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालु जिवितै भेटिएका हुन्।
राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका अन्तराष्ट्रिय संचारमाध्यामले जनाएको छ। पछि उनलाई ३ दिन पछि उद्धारकर्ताहरुले जिवितै उद्धार गरेका हुन्।
विश्वको १० औं अग्लो हिमालमा पर्ने अन्नपुर्णको आरोहनको क्रममा यसअघि बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि जिवितै उद्धार गरिएको थियो।
सामाजिक संजालमा उनले एक भिडियो पोष्ट गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको अनुरागको भाई सुधिरले बताए। उनले भने, अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको छ। उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, उनी जीवितै छन्। '
थर्ड पोल 