श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन् । २४ वर्षीया लक्ष्मी तामाङ (थापा)को हत्या गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल डेरा गरी बस्ने उदयपुरको कटारी घर भएका २१ वर्षीय भक्तबहादुर थापालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले हतियारसहित पक्राउ गरेको जनाइएको छ ।
घाइतेलाई तत्काल उपचारका लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको हो ।
