प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीमा राज्य रक्षामन्त्री भट्टले गरे स्वागत

प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीमा राज्य रक्षामन्त्री भट्टले गरे स्वागत

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन्। देउवाको स्वागतमा दिल्लीको विमानस्थलदेखि चाणक्यपुरीस्थित भीआइपी एरिया र देउवा बस्ने होटल आइसीटी मौर्यसम्म झकिझकाउ र सिंगारिएको छ। प्रधानमन्त्री देउवा ३१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा आएका हुन्। 

देउवाले विदेशमन्त्री एस जयशंकरबाट भेटघाट सुरु गर्नेछन्। होटल आइटीसी मौर्यमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसलगत्तै भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी अड्डाको निमन्त्रणा स्वीकार गर्दै देउवा भाजपा मुख्यालय दिनदयाल उपाध्याय मार्ग पुग्नेछ। देउवालाई भाजपाले स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ। 

आजै साँझ ७ बजे नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा देउवा सरिक हुनेछन्। भोलि देउवाले समकक्षी नरेन्द्र मोदीसँग शिष्टाचार तथा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि दिउँसो भारतीय मल्टिनेसनल कम्पनीका सीइओहरुसँग वार्ता गर्ने देउवाले साँझ उपराष्ट्रपति वैंकटेश नायडुसँग शिष्टाचार भेट गर्नेछन्।