दोहोरो अंकले घट्यो सेयर बजार
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । सोमबार शेयर बजार नेप्से ३४ दशमलव ९५ अंकले घटेर परिसूचक २३ सय ८६ अंक बन्द भएको छ ।
साताको पहिलो दिन आइतबार एकैदिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेको छ । सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अंक पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब चार करोड २२ लाख हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांस सेक्टरका सेयरधनीले गुमाएका छन् । नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् ।
