आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । बुधबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार १ सय रुपैयाँले बढेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।