आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
साताको पहिलो दिन तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार सामान्य बढेको छ। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ५ सय कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाको छ।
यसअघि आइतबार सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन तोलाको ९९ हजार कायम गरिएको छ।
सुनको मूल्य बढे पनि चाँदीको मूल्य स्थिर छ। आज चाँदी १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
