सुन र चाँदीको मूल्य घट्यो‚ कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य घट्यो‚ कतिमा हुँदैछ कारोबार ?

सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै चाँदी आज तोलामा ३५ रुपैया घटेको छ। सोमबार तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।