स्वास्थ्यमन्त्री बस्नेत र चिनियाँ राजदूत चेन सोङ्गबीच भेटवार्ता
काठमाडौ, १७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबीच भेटवार्ता भएको छ । आज स्वास्थ्य मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको छ ।
भेटमा मन्त्री बस्नेतले चीन सरकारले भरतपुरस्थित वीपि कोईराला क्यान्सर हस्पिटल बनाउँन, सिभिल हस्पिटलको सुधार गर्न र कोभिडको समयमा आवश्यक उपकरणहरु उपलब्ध गराएको भन्दै प्रशंसा गरेका छन् ।
उनले भने, ‘नेपाल र चीनबीचको सम्बन्धको एकदमै लामो ईतिहास रहेको छ, चीनले गरेको आर्थिक र प्राविधिक साथ र सहयोगको लागि म मनैदेखि प्रशंसा गर्न चहान्छु । चीन सरकारले भरतपुरमा रहेका वीपि कोईराल मेमोरियल क्यान्सर हस्पिटल बनाउन सिभिल हस्पिटलको सुधारको लागि सहयोग, कोभिडको समयमा जीवन रक्षाको लागि आवश्यक उपकरणहरु पनि उपलब्ध गराएको थियो ।
उनले चीन सरकारको यस्तो सहयोगले नेपालमा क्यान्सर जस्तो रोकको उपचारमा मद्दत पुगेको बताए । उनले भने, ‘वीपि कोईराला मेमोरियल क्यान्सर हस्पिटलको लागि स्वास्थ्य सामग्र र इमरजेन्सीको लागि एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ । यस्तो सहयोगले नेपालमा क्यान्सर जस्तो रोगको उपचारको समस्यालाई मद्दत पुगेको छ । मेरो नेतृत्वमा मन्त्रालयले गरीब जनताहरुको लागि निशूल्क उपचारको व्यवस्था गरिएको छ ।’
भेटमा चिनियाँ राजदुत सोङले, चीन नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि तयार रहेको बताए ।नेपालमा सिभिल अस्पताललगायत अन्य अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा संचालनमा आवश्यक सहयोग गरेको स्मरण गर्दै राजदुत सोङले स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताए । उनले भने ‘हामी चाहान्छौ कि नेपालमा अस्पतालका लागि आवश्यक भौतिक संरचना निमार्णमा थप सहयोग गर्न सकियोस् । त्यसका लागि चीन सरकार सधै सहकार्यका लागि तयार छ । ’
थर्ड पोल 