सुनुवाइ समितिका सदस्यलाई बैठकमा समय पालना गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

सुनुवाइ समितिका सदस्यलाई बैठकमा समय पालना गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं, १६ जेठ । सङ्घीय संसद् अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिका सदस्यलाई बैठकमा समय पालना गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आग्रह गरेका छन् । आज सिंहदरबार स्थित संसद् सचिवालयमा बसेको समितिको पहिलो बैठकमा संवोधन गर्दै अध्यक्ष तिमिल्सिनाले सुनुवाइ समितिको बैठक समयमा सुरु गर्न समयमा सक्न आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक निकायमा नियुक्तिका विषय सुनुवाइ गर्दा उनीहरूको पृष्ठभूमि लगायतका विषय ध्यान दिन आग्रह गरे । समितिमा दलको ह्विप नलाग्ने भए पनि सम्पूर्ण सदस्य भएर सुनुवाइ गरी निर्णय लिन आग्रह गरे ।

उनले सार्वजनिक सुनुवाइ खाली प्रक्रिया पूरा गर्ने मात्र भनेर नसोच्न आग्रह गरे । उनले संवैधानिक परिषदबाट सिफारिस भएर आएका व्यक्ति समितिमा आएर पनि रोकिन सक्छन् भन्ने सोच्न आग्रह गरे । विगतको सोचाइबाट र अनुभवका आधारमा समितिलाई प्रभावकारी बनाउन आग्रह गरे ।