सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो : क्यान अध्यक्ष चन्द 

  सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो : क्यान अध्यक्ष चन्द 

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी–२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं खेलाडीको रुपमा राखिएको स्पष्ट गरेका छन् ।

अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् । अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको  बताउदै आइसीसीको पत्र समेत सार्वजनिक गरेका छन् ।उनले आइसीसीले नेपाललाई विशेष सुबिधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उनको ठाउमा अन्य खेलाडीलाई राख्ने सुबिधा दिएको उल्लेख गरेका छन् ।

साथै उनले नेपाली टोली अमेरिका जाने समयसम्म क्रिकेटर लामिछानेको अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेको र उनले सफाइ पाइसकेका नसकेको बताउदै आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको बताएका छन् । क्यानले सतर्कता साथ गोप्य राख्नुपर्ने विषयलाई कमजोरीका रुपमा ब्याख्या नगर्न समेत आग्रह गरेका छन् ।