सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गर्यो

सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गर्यो


काठमाडौं । आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख २० हजार ८ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख २१ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ।

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख २१ हजार रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार १ हजार ५ सय ४५ रूपैयाँमा कारोवार भएको चाँदी आज पनि साही मूल्यमा कारोवार भइरहेको छ।