सात जना सांसदले पैसा मागेको गोप्य अडियो म सँग छ: दुर्गा प्रसाई
1.
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सांसदहरुले पैसा मागेको गोप्य अडियो आफुसंग रहेको बताएका छन्। सहि समय आएपछि सार्वजनिक गर्ने भन्दै प्रसाईंले ७ जना सांसदले पैसा मागेको गोप्य अडियो रहेको दावी गरेका हुन्।
उनले भने,'अझै ७ जना सांसदले पैसा मागेको गोप्य अडियो मसँग छ, सहि समय आएपछि बाहिर ल्याउछु। मलाई गलत पुष्टि गरे टुँडिखेलमा झुन्डिन तयार छु।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि अहिले चौतर्फी सामाजिक संजालमा आलोचना भइरहेको छ। श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै पैसा मागेका रहे छन् ।
कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको समेत बताएका छन् ।
यसअघि प्रचण्ड सरकारमा सहभागी भएको रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो । साथै ३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो संवादमा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर। '
यस्तै श्रेष्ठले सोहि सम्बादमा भने, 'दुई साढे दुई करोड भनेका छन् । अहिले मैले एक दिएँ भने पनि मान्छन् होला । पछिको चेक दिए पनि मान्छन् के २/३ दिनको ।'
थर्ड पोल 