स्टील र आल्मुनियमको आयातमा २५ प्रतिशत महसुल लगाउने ट्रम्पको घोषणा

स्टील र आल्मुनियमको आयातमा २५ प्रतिशत महसुल लगाउने ट्रम्पको घोषणा


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै नयाँ नयाँ घोषणा गरिरहेका छन् । उनका घोषणाले अमेरिकालाई मात्रै होइन, सारा विश्वलाई प्रभाव पारिरहेको छ । अब ट्रम्पले स्टील र आल्मुनियमको आयातमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेका छन् । ट्रम्पले यस सम्बन्धमा चाँडै आधिकारिक घोषणा गर्ने बताइएको छ ।

आइतबार राष्ट्रपतिको आधिकारिक विमान एयर फोर्स वानमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले विभिन्न देशहरूमा पारस्परिक अतिरिक्त महसुल लगाउने बताए । उनले कुन–कुन देशमाथि यस्तो महसुल लगाइने भनेर चाँहि भनेका छैनन् । तर, जुन देशले अमेरिकामा बढी कर लगाउँछ, त्यो देशमा पनि उती कर लगाइने उनको भनाइ थियो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि आयातित स्टीलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत अतिरिक्त महसुल लगाएका थिए । एजेन्सी