दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब माथि

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब माथि

यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज बुधवार भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ६८ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ । 

मंगलबारको तुलनामा सेयर कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका ३६ हजार ८११ कारोबारबाट ४५ लाख २ हजार ५११ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ पुगेको छ । 

आज इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त र नेस्डो समृद्ध लघुवित्त संस्थाको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । बजार बढे पनि युनिलिभर नेपाल लिमिटेडको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।