श्रेष्ठ अडियो प्रकरण: रास्वपाले अन्तमा ग-यो ढाका कुमारको सदस्यता खारेज
1.
राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ढाका कुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज भएको छ। आज रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकलाई पार्टीबाट समानुपातिक कोटामा रहेका श्रेष्ठको प्रतिनिधि सभा सदस्यको पद खारेज भएको हो।
सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको टेलिफोन संवादको अडियो रेकर्ड प्रकरणले पार्टीको छविमाथि उठेका प्रश्न, उक्त प्रकरणका सम्बन्धमा पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले गरेको छानबिन पश्चात् उक्त निर्णय गरिएको थियो।
"अडियो रेकर्ड प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका अधिकार सम्पन्न सरोकारवाला निकायले छानबिन थालेका सञ्चारमाध्यमहरुमा प्रकाशित भएको परिप्रेक्ष्यमा त्यस्तो छानबिनमा आवश्यक सहयोग गर्न पार्टी सदैव तयार रहने छ " रास्वपाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।
थर्ड पोल 