चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौं आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित २० सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ शुक्रबार अपराह्न विशेष विमानबाट काठमाडौं आएका हुन्।

२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्।शनिबार विहान नेपालका समकक्षी डा।नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् ।

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।