विश्वसामु नेपाललाई उभ्याउन विश्व राष्ट्रगान गर्दै रामजी नेपाली
1.
विश्व राष्ट्रगान गर्दै हिड्ने यात्री रामजी नेपालीले चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर विभिन्न स्थानमा आफ्नो प्रतिभा देखाउंदै हिडेका छन्। उनि आज फेवा किनारतिर गीत गाइरहेको अवस्थामा भेटिन पुगे। दैनिक रुपमा सडकको पेटीमा उभिएर विश्वका विभिन्न राष्ट्रिय गीत गाउने नेपाली पोखरा लेक साइडमा आफ्नो प्रस्तुति देखाइरहेका थिए।
पछिल्लो समय नेपालमा पर्यटकहरुको चहलपहल निकै बढेको छ। यहि चहलपहललाई आफ्नो मन्च बनाएका नेपालीले आफ्नो प्रतिभा विदेशी हरु सामु पस्कने गर्दछन। आफुले बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा उभिएर उनीहरुको राष्ट्रिय गीत सुनाउने गरेको नेपालीले बताए ।
उनले भने, 'पर्यटनको राजधानी सहर भएकाले पछिल्लो समय पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको छु। अहिले पर्यटकीययाम भएकाले राष्ट्रगान प्रस्तुतिका लागि दैनिकजसो बेलुकापख लेकसाइड पुगिरहेको हुन्छु। '
दैनिक जसो शुक्रबार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा उनि पुगे । उनको नजिकै राष्ट्रिय झन्डा फहराइरहेको थियो । यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन गुञ्जियो । उनले नेपाली राष्ट्रिय गानबाट सन्ध्याकालिन प्रस्तुति सुरु गरे । फेवातालको चिसो हावाको बहावसँगै विभिन्न देशका राष्ट्रगान उनले गाईरहे। उनको मधुर स्वर र प्रकृतिको सौन्दर्यपान गर्दै साथै चकमन्न परेको फेवातालको छेउ हुँदै पर्यटक ओहोर–दोहोर गरिरहेका थिए ।
विदेशी पनि बाक्लै देखिन्थे । देशभित्र जुन ठाउँ पुग्दा पनि उहाँले पहिले नेपालको राष्ट्रगान गाउनुहुन्छ । त्यसपछि छिमेकी देश भारत, चीन हुँदै अन्य देशको । शुक्रबार पनि उहाँले त्यसै गर्नुभयो । भारतको राष्ट्रगान गाउन सुरु गर्दा नगर्दै उहाँको छेवैमा दुई भारतीय पर्यटक टुप्लुक्क आइपुगे । हिँडिरहेका बेला देशको राष्ट्रगानको धुन सुनेपछि उनीहरु टक्क रोकिए । नेपालीले भारतको राष्ट्रगान गाउन थालेपछि दुवै उभिए र राष्ट्रगानको सम्मान गरे ।
पोखरा पर्यटनको राजधानी सहर भएकाले यहिबाट सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको उनले बताए। उनले भने, 'अहिले पर्यटकीययाम भएकाले राष्ट्रगान प्रस्तुतिका लागि दैनिकजसो बेलुकापख लेकसाइड पुगिरहेको हुन्छु, पर्यटनको राजधानी सहर भएकाले पछिल्लो समय पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको छु। '
यस्तै उनले नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवर्धन गर्ने लक्ष्य बोकेको समेत बताए। विभिन्न राष्ट्रको राष्ट्रिय गीत गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लिन रहेको उनको भनाइ छ।
थर्ड पोल 