ललिता निवास जग्गा प्रकरणमा ठूलै गडबड छ : सभापति लामिछाने
काठमाडौ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले सिआईबीलाई निर्णयकर्ता सबैको बयान नै विनाको अपुरो अधुरो फाइल पेश गरी गैरकानुनी आदेश नमान्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन् ,‘ सिआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस्। गृहमन्त्री ज्यु, केही त गडबड छ... ठूलै गडबड छ ।’
थर्ड पोल 