युक्रेनको मारिओपोलमा रुसको भीषण आक्रमण, तीन सय जनाको ज्यान गयो
युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि तीन सय जनाको ज्यान गएको छ । घेराबन्दीमा रहेको युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि आश्रय लिइ बसेका झन्डै तीन सय जनाको ज्यान गएको हो ।
रुसी आक्रमणबाट जोगिन नागरिक मारिओपोलमा रहेको थिएटरको अण्डर ग्राउन्डमा आश्रय लिएर बसेका थिए । रुसले थिएटरलाई निसाना बनाएर गोलाबारी गरेका बेला झण्डै ६ सय नागरिक अण्डर ग्राउन्ड आश्रयस्थल लिएर बसेको मारिओपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताउनु भएको बीबीसीले उल्लेख गरेको छ ।
रुसले मारिओपोलको थिएटरमा मार्च १६ मा पनि गोलाबारी गरेको थियो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । मारिओपोलको थिएटरमा भएको आक्रमण अहिलेसम्म जानकारीमा आएका घटनामध्ये एकै ठाउँमा रुसी आक्रमणका कारण सबैभन्दा धेरै मानिसको ज्यान गएको घटना हो।
