आजको माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
हाल देशका पहाडी भू-भागमा स्थानीय वायु र पश्चिम वायुको प्रभाव रहेको छ। आज बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो भने देशका गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै प्रदेश-१, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
