माओवादीले चुनावी पोस्टरमा राख्यो कुलमानको फोटो

माओवादीले चुनावी पोस्टरमा राख्यो कुलमानको फोटो

नेकपा माओवादी केन्द्रले स्थानीय तको निर्वाचनका लागि पोस्टर सार्वजनिक गरेको छ। पोस्टर मा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङको तस्बिर राखेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुकमा राखेको चुनावी पोस्टरमा घिसिङको पनि फोटो राखिएको छ । प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ । ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निस्शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको तस्वीरमा घिसिङको फोटो प्रयोग गरिएको हो ।

घिसिङको फोटोसहतिको तस्वीर माओवादीका नेता कार्यकर्ताले समाजिक सञ्जालमा सेयरसमेत गरिरहेका छन् । २०७३ मा प्रचण्डको सरकारको पालामा शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । घिसिङकै कार्यकालमा लोडसेडिङ अन्त्य भएको थियो ।

प्राधिरकणबाट बिदा भइसकेका घिसिङलाई गत साउनमा सरकारले पुनः कार्यकारी निर्देशक निर्देशकमा नियुक्त गरेको थियो । घिसिङको तस्वीर दुरूपयोग गर्नु पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।