मुम्बई हमलाः आरोपी रानालाई भारत पठाउन नहुने अपिल अमेरिकी अदालतबाट खारेज
काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले मुम्बई हमलाका आरोपी तहब्बुर रानालाई भारतको जिम्मा लगाउन नहुने अपिल खारेज गरिदिएको छ । यससँगै रानालाई भारतीय अधिकारीको जिम्मा लगाउने प्रक्रिया एक कदम अघि बढेको छ । सन् २००८ मा भारतको मुम्बईमा आतंकवादी हमला भएको थियो । आक्रमणका आरोपी राना सन् २००९ मा अमेरिकामाम पक्राउ परेका थिए ।
उनलाई सन् २०१३ मा उनका साथी डेभिड कोलम्यान हेडलीसँग मिलेर मुम्बईमा आक्रमण गराएको र डेनमार्कमा पनि आक्रमणको योजना बनाएको आरोपमा अदालतले दोषी ठहर गर्दै १४ वर्षको जेल सजायँ सुनाएको थियो ।
६४ वर्षीय राना पाकिस्तानी मूलका क्यानडाई नागरिक हुन् । चिकित्सा शास्त्रमा डिग्री हासिल गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोर टिममा सामेल थिए । उनी हाल अमेरिकाको लसएन्जलसस्थित मेट्रोलिटन डिटेन्सन सेन्टरमा बन्दी जीवन बिताइरहेका छन् ।
थर्ड पोल 