पुटिन र जेलेन्स्कीबीच भेट हुने सम्भावना कति ?
रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनका युक्रेनी समकक्षी भोलोदीमीर जेलेन्स्कीबीचको प्रत्यक्ष भेटवार्ता नहुने बताएका छन् ।
दुई पक्षबीच महत्त्वपूर्ण विषयमा सहमति बने मात्र दुई राष्ट्रपतिको बैठक हुने लाभरोभले बताए । सोमवार युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच टर्कीमा वार्ता हुने भएको छ ।
युक्रेनको गृह मन्त्रालयका सल्लाहकार भादीम डेनीसेन्कोले यस वार्तामा मुख्य कुराका विषयमा कुनै महत्त्वपूर्ण समाधान ननिस्कने बताएका छन् ।
