भन्सार छलेर आउने मोबाइलको ‘ग्रे मार्केट’ व्यवसायीले नै रोक्नुपर्छ : सञ्चारमन्त्रीशर्मा
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले भन्सार छलेर आउने मोबाइल सेटको ‘ग्रे मार्केट’लाई निरुत्साहित गर्न व्यवसायी नै अघि सर्न जरुरी रहेको बताएकी छन् । भन्सार छलेर भित्रिने मोबाइलफोनका कारण सरकारलाई राजस्व घाटा भइरहेको उल्लेख गर्दै उनले यस्तो कारोबार रोक्न व्यवसायीआफैंले लाग्नुपर्ने बताएकीहुन् ।
नेपाल मोबाइलव्यवसायीमहासंघको शुक्रबारबाट राजधानीमा सुरु दोस्रो महाधिवेशनतथा तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधनगर्दै मन्त्रीशर्माले अवैध कारोबारले मोबाइलव्यवसायी मारमा परिरहेको गुनासो आएको बताएकीहुन् ।
उनले भनिन्, ‘मोबाइलव्यवसायीले चोरीको मोबाइल बेच्न छाडे ग्रे फोनको कारोबार रोकिन्छ । ग्रे फोनको कारोबार बन्दभए देशको अर्थतन्त्रमापनि वृद्धि हुने र त्यसले व्यवसायीहरुको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्छ । तपाईहरु पनि ग्रे फोन बेच्न छोड्नुस्, सरकारले पनि मोबाइलव्यवसायीलाई सहयोग गर्छ ।’
मोबाइल सेटको वैधता नियमन प्रणाली एमडीएमएस प्रणाली लागू गर्नबाट सरकार पछि नहटेकोसमेत उनले स्पष्ट पारेकी छन् ।ढिलोचाडो एमडीएमएस प्रणाली लागू हुने उनले बताइन। मुलुकमाअपेक्षितप्रविधिको विकास नभइसकेका कारण सरकारले अहिले नै एमडीएमएस लागू गर्न नसकेको प्रष्टीकरण उनले दिइन।
त्यस्तै, मन्त्रीशर्माले सूचनाप्रविधि (आईटी) क्षेत्रमा रोजगारी र विकासका धेरै सम्भावनाहरु भएका कारण सरकारले नेपाललाई आईटी हबबनाउने नीतिलिएको बताइन् । उनले अघि भनिन्, ‘हामीले भर्खरै लगानी सम्मेलन सम्पन्न गरेका छौं । लगानी सम्मेलनमार्फत हामीले विदेशीलगानीकर्ताहरु अन्य क्षेत्रभन्दापनि आइटी क्षेत्रमालगानी गर्न इच्छुक रहेका पायौं । सरकारले पनिनेपाललाई आइटीको हबबनाउन सकिन्छ भन्ने सन्देश विश्वभर प्रवाह गर्न उद्दत छ । नेपाल सरकारले अहिले आइटी क्षेत्रसँग सम्बन्धित बजेट समेत अगाडी सारेको छ । तर, नेपाल सरकारले अघि सारेको नीति र आइटी क्षेत्रसँग सम्बन्धित बजेट नेपाल सरकार एक्लैले कार्यान्वयन गर्न सक्दैन् । हामीसँग बजेटको सीमा छ ।’सरकारले अगामीआर्थिक वर्षको बजेटमा आईटी क्षेत्रलाई प्राथमिकतादिएको उनको भनाइथियो ।
थर्ड पोल 