मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छ: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले मन्त्रिपरिषद् फेरबदलको सम्भावना रहेको बताएका छन् । आज धनुषाको जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना बढेको बताएका हुन्।
उनले मन्त्रिपरिषद् हेरफेर हुँदा माओवादीलले आफ्नो हैसियतअनुसारको भाग दाबी गर्ने बताए । यसका लागि प्रधानमन्त्रीसँग आफूले कुरा राखिसकेको प्रचण्डको भनाइ छ ।
उनले भने,‘माओवादी सबैलाई सहयोग गर्न मात्रै बनेको जस्तो भएर अब हुँदैन । जसलाई भन्यो उसैलाई प्रधानमन्त्री बनाउन पनि माओवादी नै चाहिँने तर अब मन्त्रिपरिषद् हेरफेर हुँदा हैसियत अनुसार चाहिन्छ ।’
