मेलम्चीको पानी फेरि काठमाडौंका घरघरमा 

मेलम्चीको पानी फेरि काठमाडौंका घरघरमा 

मेलम्ची खानेपानी आजदेखि पुनः काठमाडौंका घरघरमा वितरण सुरु गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको घरघरमा पुगेको हो ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो।

सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।