पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

1.

पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरको छ।  पक्राउ पर्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-६ पाखरटोल घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारी रहेका छन्।  

उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो। उनले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी प्रलोभनमा पारी  १० जना पीडितहरूबाट १५ लाख रूपैयाँ ठगी गरि फरार रहेका थिए।  

पिडित पक्षबात उक्त ठगि गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई  काठमाडौं महानगरपालिका- १३ ताहाचलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।