पोखराको अन्नपूर्ण केबलकारमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने
काठमाडौं, बैशाख २७ गते । पोखराको अन्नपूर्ण केबलकारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको हो ।
समझदारीअनुसार बैंकका कार्डवाहकले अन्नपूर्ण केबलकारमा २५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । साथै, पोखराका सिटिजन्स बैंकका शाखाहरूमा नयाँ खाता खोल्ने ग्राहकका लागि अन्नपूर्ण केबलकारको टिकट निःशुल्क उपलब्ध हुने उल्लेख छ ।
थर्ड पोल 