दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, साढे २ अर्ब रुपैयाँको कारोबार
साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । हिजो सोमवार १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ६ सय ५० दशमलव ७० विन्दुमा पुगेको छ ।
आज जलविद्युत् र फाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ३५ कम्पनीको ५३ लाख २९ हजार कित्ता शेयर दुई अर्ब ५१ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु इन्सुरेन्स कम्पनीको १५ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
दोहोरो अङ्कले शेयर बढेको दिन इमर्जिङ नेपालको शेयर १० प्रतिशत र राष्ट्रउत्थान लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ ।
