केन्द्रीय कार्यालय सानेपामा देउवाविरुद्ध नाराबाजी

केन्द्रीय कार्यालय सानेपामा देउवाविरुद्ध नाराबाजी

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध विद्यार्थी नेताहरू विरोधमा उत्रिएका छन् ।

शुक्रबार पार्टी मुख्य कार्यालय सानेपा अगाडि विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुले सभापति देउवाले पार्टीमा तानाशाह लादेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।