न्याय निरुपण विधेयकलाई अगाडी बढाउन तीन ठूला दल भए सहमति

1.

सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकमाथिको छलफलमा प्रमुख तीन ठूला दलबीच सहमति जुटेको छ।  

बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा दलहरुबीच सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो।  

उक्त बैठकमा दलहरुबीच सोहि विधेयकका विषय र प्रक्रियामा पुनः छलफल गर्ने सहमति भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। उनको अनुसार विधेयकलाई अगाडि बढाउने, सदनलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेको संयोजनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्षनेता छलफलमा जुटेका हुन्।

अब अर्को बैठक आगामी वैशाख १ गते अपराह्न १ बजे सिंहदरबारमा बस्ने जनाइएको छ।