देउवाको आक्रोश - चुनाव जित्नु छैन, गठबन्धन नगर भन्ने ?

देउवाको आक्रोश - चुनाव जित्नु छैन, गठबन्धन नगर भन्ने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा चुनावी गठबन्धन गर्न नहुने धारणा राख्ने पार्टीका नेतामाथि आक्रोश पोखेका छन्।  शुक्रबारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन नगरी चुनाव जित्न चुनौतीपूर्ण रहेको भन्दै जितेर देखाउन चुनौती दिएका हुन् । बैठकमा धारणा राख्ने धेरैले गठबन्धन गरेर जान नहुने धारणा राखेका थिए ।

नेताहरूको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाका बारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको विरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनुपर्ने चुनौति भएकाले सम्हालिएर बोल्न निर्देशन दिएका हुन् ।

गठबन्धनको विपक्षमा धारणा राखेका चितवनका नेताहरूलाई देउवाले स्थानीय स्तरमा भएका चुनावमा नजित्नेले हामी बलियो छौं भन्नुको अर्थ नभएको भन्दै आक्रोश पोखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।