देशको समग्र कृषि प्रणाली नै संक्रमित र प्रदुषित भएको छ : सोबिता गौतम

देशको समग्र कृषि प्रणाली नै संक्रमित र प्रदुषित भएको छ : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले देशको समग्र कृषि प्रणाली नै संक्रमित र प्रदुषित भएको बताएकी छिन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित र प्रदुषित भएको बताएकी हुन् । 

‘कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सुन्नै सकेको छैन् ।  विऊ विजनमा त्यत्तिकै समस्या छ बल्ल बल्ल बिजारोपण गरे मलको समस्या छ । बल्ल बल्ल मल पाए सिँचाइको समस्या छ । सबैबाट पार लागेर उब्जनी भए बजारको अभाव छ,’उनले भनिन्,‘ सरकारले कृषि क्षेत्रमा काम गर्न प्रेरणा कत्ति पनि दिन सकेको छैन् । लामो समयदेखि भुक्तानी नपाउँदा किसान रुदै बस्नु परेको छ । समग्र हाम्रो कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको छ । ’