दुई महिनामा डेढ अर्बको ‘सफ्ट ड्रिंक’ आयात

दुई महिनामा डेढ अर्बको ‘सफ्ट ड्रिंक’ आयात


काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ को दुई महिना (साउन र भदौ) मा नेपालमा १ अर्ब ५२ करोड रुपैयाँको नन अल्कोहलिक सफ्ट ड्रिंक आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार दुई महिनामा १४ लाख ११ हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको हो । यसबाट सरकारले ६० करोड राजस्व संकलन गरेको छ ।

गत वर्ष अर्थात् आर्थिक वर्ष २०७९–०८० मा नेपालमा ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख ७० हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको छ । यसबाट सरकारले २ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।