तिब्बत भुकम्प अपडेटः ज्यान गुमाउनेको संख्या ५३ पुग्यो
काठमाडौं । मंगलबार बिहान गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको गएको भुकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो ।
चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन् ।उक्त भुकम्पमा परी सयौं घाईते भएको र दर्जनौं घर र कार्यालयमा क्षति पुगेको छ।
थर्ड पोल 