भरतपुरमा गठबन्धनबाट बाहिरियो जसपा
जनता समाजवादी पार्टी (जसपा) भरतपुर महानगरपालिकामा भएको पाँच दलिय गठबन्धनबाट बाहिरिएको छ। जसपाले मंगलबार विज्ञप्ति जारी गर्दै पाँच दलिय गठबन्धनबाट बाहिरिएको जनाएको छ।
गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावना विपरित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काम गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो।
साथै भरतपुरका २९ वटै वडामा अध्यक्षसहित सदस्यहरुमा एकलौटी रुपमा बाँडफाँड गरिएको र बैठकहरुमा पनि नबोलाइएको भन्दै गठबन्धनबाट बाहिरिएको बताएको छ।
