चुनावमा गठबन्धन गर्ने विषयमा अब छलफल सुरु हुन्छ: थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा चुनावमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छने । आउँदो चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताए ।
प्रेस युनियन सुर्खेतले आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले भने, ‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो,यो गठबन्धनलाई थप बलियो बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।’
महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा चुनाव लड्ने र आफ्नै तागतमा चुनाव लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो हप्ताभित्र निर्णय हुने स्पष्ट पारे ।
